जनप्रतिनिधिले भोट मागेजस्तै कोरोनाबारे जनचेतना जगाउनुपर्छ : अध्यक्ष तिमिल्सिना | Khabarhub Khabarhub

जनप्रतिनिधिले भोट मागेजस्तै कोरोनाबारे जनचेतना जगाउनुपर्छ : अध्यक्ष तिमिल्सिना


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले भोट मागेजस्तै कोरोनाबारे जनचेतना जगाउनुपर्ने बताएका छन् । उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि घरघरमा पुगेर जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको बताएका हुन् ।

‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोटमाग्न नागरिकको घरघरमा पुगेजस्तै कोभिड रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताएका हुन् ।

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भ्रातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने उनले बताए । यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार हुने उनको भनाइ छ ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलो मै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको जानकारी दिए । तर पछिल्लो परिस्थितिअनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  २ : ०३ बजे

मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा

कल्भर्ट निर्माणले झोलुङ्गे पुल विस्थापित

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । बैठक

फिफा क्लब विश्वकप : रियल मड्रिडको जित

काठमाडौं– फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिडले

अर्थसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ