अबको चार महिनामा १ लाख ४८ हजारमा कोरोना पुष्टि हुनसक्छ : मन्त्री ढकाल « Khabarhub

अबको चार महिनामा १ लाख ४८ हजारमा कोरोना पुष्टि हुनसक्छ : मन्त्री ढकाल


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्।

शनिबार कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन्।

उनले भने, ‘सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएको थियो। तर, संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको छ ।’

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिरहेको पनि मन्त्री ढकालले दाबी गरे ।

त्यस्तै, कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए।

कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने उनले बताए।

सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको समेत बताए।

यस्तै, विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरूलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्नेतर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको उनले बताए।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  २ : ०८ बजे

अझै पक्राउ परेनन् सांसद महतो 

महोत्तरी –  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

नेपालगञ्ज – बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिन गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौँ – मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

भक्तपुर – प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत

देउवा र नेपालसँग प्रधानमन्त्री प्रचण्डको परामर्श

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर