गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द « Khabarhub

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरक्षेत्रभित्र समुदायस्तर तथा शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सङ्क्रमण हुन नदिन सबै निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

“नगरपालिकाभित्र थप सावधानी अपनाउनुपर्ने देखिएकाले शिक्षण सिकाइ बन्द गर्नुपरेको हो”, उनले भने, “अन्य क्रियाकलाप गर्दासमेत अनिवार्य सुरक्षा मापदण्ड अपनाएर मात्र गर्नसमेत सबैलाई अनुरोध गरिन्छ ।”

नगरपालिकाभित्र शुक्रबारसम्ममा शिक्षक तथा कर्मचारीसहित ६५ जना सक्रिय सङ्क्रमित रहेको बताइएको छ । ती सङ्क्रमितको सम्र्पकमा रहेकाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्थितिलाई सामान्य अवस्थामा ल्याउन नगरपालिकाभित्रका सबै विद्यालयमा सञ्चालित प्रत्यक्ष सिकाइ सहजीकरण पनि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताए ।

उनले सङ्क्रमणको आशङ्का र कन्ट्रयाक्ट ट्रेसिङमा परी कोरोना परीक्षणका लागि स्वाब दिएका व्यक्ति रिपोर्ट प्राप्त नहुँदै समुदायस्तरमा निस्कने र घुलमिल गर्ने गरेको भन्ने गुनासोसमेत आएकाले स्वाब दिएकालाई अनिवार्य आइसोलेशनमा रहन पनि आग्रह गरे ।

रोगको सङ्क्रमण फैलन नदिन तथा सङ्क्रमणबाट अरुलाई जोगाउनका लागि स्वांब दिएका व्यक्ति अनिवार्य आइसोलेशन बसेर सहयोग गरिदिन नगरपालिकाले आग्रह समेत गरेको छ ।

त्यस्तै नगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर नस्किन र निस्कनै परे मास्क लगाउन, व्यापार व्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानीलगायतका कार्य गर्दा अनिवार्य सुरक्षा मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गर्द सङ्क्रमण रोक्ने कार्यलाई सफल बनाउन पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : २० बजे

एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले

‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो

इनड्राइभको ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

काठमाडौं– इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियान अन्तर्गत ड्राइभर पार्टनर्सका

ट्रम्पको कदमपछि युरोपमा राहत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान

सभापति बनेपछि पहिलो पटक सानेपा छिर्दै गगन, त्यसपछि सर्लाही ४ जाने

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी