नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम | Khabarhub Khabarhub

नेकपा विभाजन हुँदैन : उपाध्यक्ष गौतम


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए ।

“म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु उनले भने, “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन सयममा समाधान नगरिदा अहिले समस्या आएको उनको भनाइ छ ।

उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तयगर्ने र त्यही कार्यसूचीका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए ।

उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताउँदै उपाध्यक्ष गौतमले मुलुक समृद्धिको मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : ४२ बजे

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । उनकी ममतामयी

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले