नेता पाण्डेमाथि ‘ओली समर्थक’ कार्यकर्ताद्वारा दुर्व्यवहार « Khabarhub

नेता पाण्डेमाथि ‘ओली समर्थक’ कार्यकर्ताद्वारा दुर्व्यवहार


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले आफ्नै नेतामाथि दुर्व्यवहार गरेका छन्।

शनिबार बिहान नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका हुन्।

नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका १५/२० जनाको समूह बैठकस्थलमा प्रवेश गरी नाराबाजी गर्दै पाण्डेलाई बोल्नबाट अवरोध गरेका थिए ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेकाविरुद्ध प्रदर्शन गरेको बताएका थिए।

उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’ लगायतका नारा समेत लगाएका थिए ।

यो पनि पढौं

नेता पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गरियोस् : वरिष्ठ नेता नेपाल

 

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ४७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच