हङकङका रेडियो प्रस्तोता ‘गिग्स’ पक्राउ | Khabarhub Khabarhub

हङकङका रेडियो प्रस्तोता ‘गिग्स’ पक्राउ


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- ‘गिग्स’ भनेर चिनिने हङकङका रेडियो प्रस्तोता वान यिउ–सिङलाई प्रहरीले राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ गरेको छ ।

हङकङका युवा आन्दोलनकारीहरुलाई शहर छाडेर ताइवान भाग्न प्रेरित गरेको साथै उनीहरुका लागि भन्दै चन्दा उठाउन मद्दत गरेको अभियोगमा उनलाई पक्राउ गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबार बिहानै उनलाई प्रहरीले पक्राउ गरेको हो। उनले कालो धनलाई वैध बनाउने कार्य गरेको पनि आशंका गरिएको छ।

वानसँगै उनकी श्रीमती र एक सहयोगी पनि गिरफ्तार भएको बताइएको छ। वानले इन्टरनेटमा डी१०० च्यानलबाट शैक्षिक कार्यक्रम चलाउँदै आएका थिए ।

उनको कार्य हङकङको सुरक्षा कानून विपरीत भएको भन्दै उनलाई गिरफ्तार गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ९ : ०१ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल