अफगानी सेनाको कारबाहीमा ७४ विद्रोहीको मृत्यु « Khabarhub

अफगानी सेनाको कारबाहीमा ७४ विद्रोहीको मृत्यु


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानमा सेनाको कारबाहीमा ७४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जानकारी गराएको छ ।

रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, ‘कान्दाहारको झेरिया, दाँद, पञ्ज्वाव र अर्गान्दाब जिल्लाहरूमा विगत २४ घण्टामा गरिएका कार्बाहीमा ७४ तालीवान लडाकूको मृत्यु भएको छ ।

सरकारी सेनाको नियन्त्रणमा रहेको भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले सुरु गरेको कार्बाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कार्बाहीमा विद्रोही समूहबाट ठूलो सङ्ख्यामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिएको सरकारी अधिकारीले दावी गरेका छन् ।

कान्दाहारमा हालैका दिनमा भीषण झडप भएका र यसका कारण अघिल्लो साता मात्र ८२ व्यक्तिको मृत्यु भएको थियो ।

सरकार र विद्रोहीले आफ्नो प्रभाब देखाउन गरेका आक्रमण र प्रत्याक्रमका कारण थप सक्रिय देखिँदा सम्झौताबाट त्यहाँ अशान्ति बढ्ने भन्दै विश्व समुदाय चिन्तित बनेको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ६ : ३० बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर