विद्यार्थीलाई उच्च ज्वरो आएपछि विद्यालय बन्द « Khabarhub

विद्यार्थीलाई उच्च ज्वरो आएपछि विद्यालय बन्द


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ–कोरोना महामारीबीच खुलेको मोरङको रंगेली नगरपालिकास्थित एक विद्यालय विद्यार्थीमा उच्च ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको छ ।

रंगेली नगरपालिका–४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका कक्षा १ देखि ६ सम्मका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा विद्यालय बन्द गरिएको छ ।

८ देखि १२ वर्षसम्मका बालबालिकालाई १ सय डिग्रीभन्दा बढी ज्वरो आएको विद्यालयका शिक्षकले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक सेवन्त गौतमका अनुसार कोभिडको समयमा बिहान प्रार्थनाको समयमा सहभागी विद्यार्थीहरुको ज्वरो मापन गर्दा ती विद्यार्थीहरुलाई ज्वरो देखिएपछि नगर शिक्षासँग समन्वय गरेर तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ३० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।