गुणस्तर तथा नापतौल कार्यलयले पाँच व्यवसायी फर्मलाई हाल्यो मुद्दा | Khabarhub Khabarhub

गुणस्तर तथा नापतौल कार्यलयले पाँच व्यवसायी फर्मलाई हाल्यो मुद्दा


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले विभिन्न पाँच व्यवसायी फर्मलाई मुद्दा दायर गरेको छ ।

चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गरेका तथा उपभोक्ता ठगीको आरोपमा पाँच व्यवसायी फर्मलाई मुद्दा दायर गरिएको हो ।

गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङलाई मुद्दा दायर गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले बताए ।

मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको दासले जनाए । रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्राण्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

‘अनुगमनका क्रममा एउटै बोरामा चार किलोसम्म कमी पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेका हौँ’, उनले भने ।

मातारानी ट्रेडिङ प्रालिले भारतीय उद्योगमा उत्पादित चामलको बोरामा स्थानीय (लोकल) चामलसमेत हालेर बिक्री वितरण गर्दै आएको नापतौल कार्यालयले जनाएको छ ।

यस्तै न्यू टीका डेरी सेन्टरले दूधको पोकामा घटी मात्रामा राखेर बिक्री वितरण गरेको भेटिएको छ । अनुगमनका क्रममा एक लिटर दूधको पोकामा ५० मिलिलिटर तथा आधा लिटर दूधको पोकामा ३० मिलिलिटर कमी भेटिएको छ ।

गोरखकाली ग्याँस सेन्टर, एम लाल स्टोर्स र गोरखकाली हार्डवेयरले अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेकाले कारबाहीका लागि मुद्दा दायर गरेको हो ।

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालु आवमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेबापत दुई हजार ७०८ व्यवसायीलाई कारबाही गरेको जानकारी दिए ।

यस्तै चालु आवमा ४२४ व्यापारीले नाप्ने तौलने यन्त्रको इजाजतपत्र नवीकरण गर्नुका साथै एक हजार ५५० व्यापारीले नाप्ने तौलने यन्त्रको जाँच गरेका छन् । कार्यालयले ३७९ पेट्रोल पम्प जाँच गर्नुका साथै दुई हजार ५०७ ट्याक्सीको मिटर जाँच गरेको छ । सो क्रममा विभिन्न शीर्षकमा रु ५२ लाख २० हजार ५७९ राजश्व सङ्कलन गरेको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ११ : ३५ बजे

रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

म्याग्दी– रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड ३२ लाख रुपैयाँको लागतमा कालोपत्र

रातो मत्स्येन्द्रनाथको रथ जेठ १५ मा जावलाखेल लगिने

काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ यही

गर्मी बढेपछि वीरगञ्जका विद्यालय बिहान सञ्चालन

वीरगञ्ज- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज