‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो’ « Khabarhub

‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो’


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्तावका नाममा आफ्नो चरित्र हत्या गर्न ‘अभियोगपत्र’ पार्टी बैठकमा लगिएको प्रष्ट्याए ।

सरकारले राम्रो काम गर्दा गर्दै पनि विपक्षी दललाई पनि उछिनेर आफ्नै पार्टीका नेताहरूबाट सरकारलाई असहयोग गरिएको जनाए ।

सरकारले आफ्नो पूर्ण भूमि समेटर नयाँ नक्सा जारी गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँदै अघि बढाएको तथा चीनसँग पारबहन सुविधा विस्तार गरिएकोमा उल्टो अविश्वास प्रस्ताव ल्याएर सरकारलाई अपदस्त गर्न खोजिएको उनले बताए ।

पहिलो पटक आफू प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दी डटेर लागिपर्दा उल्टै सरकार अपदस्थ गरिएको स्मरण गर्दै ओलीले भने, ‘परस्थिति र समय सन्दर्भ फरक भए पनि पात्रहरू उनै हुन् । के यसले हाम्रा कतिपय नेताहरू नेपाललाई अनन्त अस्थिरतामा धकेल्न लागि परेको स्पष्ट हुन्न र ?’

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : ३५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)