काठमाडौं– नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी अफरको अवधि थप गरेको छ ।
कम्पनीले २०८३ असोज ८ देखि सुरु गरेको मेस एपी तथा असोज ३० देखि वितरण सुरु गरेको ३० एमबीपीएस एनटी फाइबर प्याकेजप्रति रहेको ग्राहकको मागलाई मध्यनजर गरी दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४,९९९ रूपैयाँमा उपलब्ध छ । त्यसैगरी घरका सबै स्थानहरूमा वाइफाई उपलब्ध गराउनका लागि आवश्यक मेस एपी ४० प्रतिशत छुट मूल्य सहित २,९९९ रुपैयाँमा उपलब्ध छ ।
दसैं तिहार अफरको रुपमा उपलब्ध वाइफाइ ६ व्यक्तिगत प्याकेज अन्तर्गत नयाँ ग्राहकहरूलाई उक्त प्याकेजमा ३,००० रुपैयाँ छुट प्रदान गरिएकोमा सो सुविधा आगामी २०८३ कात्तिक ३० सम्म रहेको कम्पनीले जनाएको छ छ ।
यस अनुसार डिमान्ड पोर्टलमार्फत आगामी कात्तिक ३० सम्म नयाँ जडानका लागि आवेदन दर्ता गराइसक्ने ग्राहकहरूलाई सो छुट सुविधा उपलब्ध हुनेछ । डिमान्ड पोर्टलमा आवेदन दर्ताका लागि यस अघिकै व्यवस्था जस्तै १९८ मा फोन गर्न, नेपाल टेलिकम एप प्रयोग गर्न वा https://complain.ntc.net.np/ लिंक प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।














प्रतिक्रिया