ओलीले पनि मंगलबारलाई नै बोलाए केन्द्रीय कमिटी बैठक | Khabarhub Khabarhub

ओलीले पनि मंगलबारलाई नै बोलाए केन्द्रीय कमिटी बैठक


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभाजनको संघारमा पुगेको सत्तारूढ नेकपाका दुई समूहले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

दाहाल-नेपाल समूहले मंगलबार अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको स्रोतले जनाएको छ ।

नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल-नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै महत्वपूर्ण निर्णय गर्न लागेको स्रोतले जनाएको छ । अर्को समूहले कारबाहीको निर्णय गर्नअघि ओलीले पार्टी विभाजनको औपचारिक निर्णय वा आफू संस्थापन रहेको कानूनी उपचारको बाटोसमेत खोज्न सक्ने निकट स्रोतले जनाएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टी विवाद साम्य पार्न तयार रहेको सन्देश दिएको दुई दिनमै  ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरिसकेको छ ।

ओलीले पार्टीभित्रैबाट सरकारलाई असहयोगको चरम सीमा नाघेको तथा राष्ट्रपतिविरूद्ध महाअभियोग र आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउने खेल भएपछि बाध्यात्मक कदम चालेको प्रतिक्रिया दिएका छन् ।

२०७४ असोज १७ मा चुनावी गठबन्धन गर्दै २०७५ को जेठ ३ मा पार्टी एकता घोषणा गरेका तत्कालीन एमाले र तत्कालीन माओवादी अन्ततः एकता प्रकिया नटुंगिदै विभाजनको संघारमा पुगेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ४ : ४३ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा