आत्महत्या दुरुत्साहन घटनाका आरोपी मण्डल पक्राउ « Khabarhub

आत्महत्या दुरुत्साहन घटनाका आरोपी मण्डल पक्राउ


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामूहिक बलात्कारपछि आत्महत्या गरेको घटनाका आरोपित पञ्च सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डल आज पक्राउ परेका छन् ।

पीडित परिवारलाई उजूरी फिर्ता लिन र बयान परिवर्तन गर्न दवाव दिँदै गाउँघरमै बस्दै आएका मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

आरोपितलाई आज सप्तरी जिल्ला अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

अदालतले गत मङ्सिर २६ गते पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेका मण्डलसहित नौ आरोपितलाई तदारुकताका साथ खोजतलास गरी अदालतमा उपस्थित गराउन इलाका प्रहरी कार्यालय कल्याणपुरलाई पत्राचार गरेको थियो ।

धानखेतमा पानीको अवस्था हेर्न गएकी पीडित १७ वर्षीयामाथि भदौ २९ गते चार जनाले बलात्कार गरेको जानकारी दिँदै पीडित र पीडितकी आमा प्रहरीसमक्ष जान खोज्दा पञ्चले रोकेका थिए ।

पीडितकी आमाका अनुसार पञ्च शत्रुघ्नका घरमा १० पञ्चले पञ्चायत बसी पीडित पक्षलाई धम्क्याउँदै भदौ ३० गते उजूरी गर्न रोकेका थिए । उनीहरूले आरोपितबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णयसमेत गर्दै पीडितलाई धम्क्याउँदै प्रहरीसमक्ष उजूरी नगर्न दवाव दिएका थिए ।

पञ्चहरुले अस्मिताको मूल्य तोक्दै पञ्चायतमा हाँसोको पात्र बनाएपछि पीडितले सोही राति आत्महत्या गरेकी थिइन् । प्रहरीले आत्महत्या दुरुत्साहनमा भदौ ३० गते शत्रुघ्नका दाजु ६५ वर्षीय जयकान्त, ६० वर्षीय वासुदेव र ५० वर्षीय सत्यनारायण मण्डललाई तथा बलात्कारका आरोपमा १७ र १६ वर्षीय बालकलाई गत असोज १ गते राति पक्राउ गरेको थियो ।

डाक्नेश्वरी– ७ ललितपुरका १७ र १६ वर्षीय बालक, २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डलले बलात्कार गरेको पीडितकी आमाले बताइन । घटनाको उजूरी गर्न पञ्चले रोक लगाएपछि छोरीले आत्महत्या गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय, कल्याणपुरमा असोज १ गते उजूरी दर्ता गराउनुभएको थियो ।

अदालतले असोज २७ गते १७ र १६ वर्षीय दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश गरेको छ । यसैगरी आत्महत्या दुरुत्साहन मुद्दामा जयकान्त, वासुदेव र सत्यनारायण जनही रु एक लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका छन् ।

प्रहरीचौकी प्रवाहाका प्रहरीले गाउँघरमै रहेका आरोपितलाई पक्राउ नगरेपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गरी आरोपित शत्रुघ्न राजविराज आएको खबर गरेको थियो । खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले शत्रुघ्नलाई पक्राउ गरेको हो ।

बलात्कारका आरोपमा अदालतले धर्मदेव र विष्णु मण्डलविरुद्ध तथा आत्महत्या दुरुत्साहनका आरोपमा शत्रुघ्न, उनका भाइ देवु, झमेली मण्डल, उचितलाल मण्डल, रामजी भनिने बेचन मण्डल, विन्देश्वर मण्डल र वंशराज मण्डलविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ८ : ३० बजे

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो

बागमती प्रदेशसभा बैठक : विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव पेस

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले

कोशीमा आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु   

काठमाडौं– कोशी प्रदेशमा आर्थिक वर्ष ०८२/८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको

दुईदिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)