घाइतेलाई सडकमा नदेखे झैँ गरी जब मुख्यमन्त्री राई ‘हुइँकिए’   « Khabarhub

घाइतेलाई सडकमा नदेखे झैँ गरी जब मुख्यमन्त्री राई ‘हुइँकिए’  


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । तस्वीरमा देखिन्छ– ‘दुर्घटना परेको स्कुटर र नजिकैबाट सवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर’ ।

यो तस्वीर सोमबार मोरङको बेलबारी ४ मा भएको एक सवारी दुर्घटनाको हो ।

स्कुटर दुर्घटनामा परी बेलबारी नगरपालिका-११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए।

घाइतेहरु सडकमै लडिरहेको अवस्थामा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थान पुगे पनि उनीहरुको उद्धार भएन ।

सडकमा घाइते तड्पिएको देख्दा देख्दै पनि मुख्यमन्त्री राईको टोलीले उनको उद्धार नगरी ‘हुइँकिए’पछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।

मुख्यमन्त्रीको सवारी भएको केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो । उद्धारमा ढिलाइ हुँदा एक जना घाइतेको निधन भइसकेको थियो भने अर्क घाइते भण्डारीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ५० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त