आज मौसम सफा रहने, तीन दिनको अवस्था कस्तो छ ? « Khabarhub

आज मौसम सफा रहने, तीन दिनको अवस्था कस्तो छ ?


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहेको जनाएको छ । आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना नभए पनि तराई भू-भागका अधिकांश स्थान लगायत पहाडी भू-भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पुर्वी तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु आम सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : ४५ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन