म्यान्चेस्टर सिटीलाई जिताउन सर्जियोले गरे निर्णायक गोल « Khabarhub

म्यान्चेस्टर सिटीलाई जिताउन सर्जियोले गरे निर्णायक गोल


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले सेफिल्ड युनाईटेडबिरुद्ध १ – ० को जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीको जीतमा सर्जियो अग्युरोले खेलको ७३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । लिगमा अग्युरोले सिटीका लागि पछिल्ला तीन खेलमा गरेको यो छैठौं गोल हो ।

घरेलु समर्थकको साथ पाएको सेफिल्डले पहिलो हाफमा सिटीका तर्फबाट ब्राजिलियन खेलाडी ग्याब्रियल जिससले गरेको पेनाल्टी प्रहार ‍रोकेको थियो । तर दोस्रो हाफमा बैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेका अग्युरोले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

जितपछि सिटी शीर्ष स्थानको लिपरपुलसँग अंक दूरी ३ अंकले घटाएको छ । शीर्ष स्थानको लिभरपुलले सिटी भन्दा २ खेल कम खेल्दै ६४ अंक बनाएको छ भने दोस्रो स्थानमा उक्लिएको सिटीले २४ खेलबाट ५१ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ५४ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,