३ वटा सुन्तलामा भन्दा एउटै अमलामा पाइन्छ बढी भिटामिन (फाइदा सहित) « Khabarhub

३ वटा सुन्तलामा भन्दा एउटै अमलामा पाइन्छ बढी भिटामिन (फाइदा सहित)


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अमला हामीले सधैँ खाइरहेको फल हो । अमला के हो ? भन्ने विषयका सबैलाई जानकारी हाेला । त्यसै पनि अहिल अमलाको सिजन हो । बजारमा प्रशस्त मात्रामा बिक्रीका लागि अमला ल्याइएका हुन्छन् ।

अमलाले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाका विषयमा सबैलाई जानकारी नहुँन सक्छ । अमलाको प्रयोग धेरै किसिमको औषधिका रुपमा गरिन्छ । आयुर्वेदमा ‘त्रिफला’मध्येमा अमला पनि एक पर्छ । अमला तराई र पहाडी क्षेत्रमा फल्छ । चैत्र वैशाखतिर फूलहरू लाग्दछन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । असोजदेखि फागुनसम्म फलहरू संकलन गर्ने गरिन्छ ।

अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । चिकित्सकका अनुसार ३ वटा सुन्तलामाभन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ ।  अमला खानाले बृद्ध–वृद्धाहरु युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दैनिक खानुपर्छ ।

अमलालाई सुख्खा चूर्णको रुपमा, अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ।

अहिले बजारमा उन्नत जातका अमलाहरू पनि पाइन्छन्। यी फलहरू जंगली अमलाभन्दा झन्डै दोब्बर साइजका हुन्छन् ।अमलाको बोट रोपेको ६–७ वर्ष यसमा राम्ररी फल लाग्न थाल्छ ।

औषधीय गुणहरु

खानाको रुची बढाउन

दिनको दुई–तीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

कब्जियत निको पार्न

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा कब्जियतको समस्या निको हुन्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ अपच र कब्जियत निको हुन्छ ।

स्वास गन्हाउने रोक्न

अमलाको चूर्णले दाँत माझ्ने वा अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ। केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ।

चिलाउने समस्या

सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउने तथा चर्म रोग निको हुन्छन् । यसले छालाका रोग, रक्तनली र मुटुका रोग हुन दिँदैन । यसमा पाइने भीटामिन सी का कारण यस्ता रोगविरुद्ध प्रतिरक्षा गर्न अमला लाभदायी मानिन्छ ।

कपालको चाया हटाउन

हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई कपालको जरासम्म पुग्ने गरी मालिस गर्नालो चाया हट्ने गर्छ । अमला अर्थात त्रिफला चूर्ण भिजाएको पानीले नै टाउको धुनुपर्छ । यसो गर्नाले कपाल पनि लामो, चम्किलो र मजबुत हुन्छ ।

आँखाको दृष्टिशक्ति बढाउन

अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई खानाले आँखाको तेजिलो बनाउँछ । सुकेको अमला वा त्रिफलाको पानीले आँखा सफा गर्ने गरेमा पनि निकै फाइदा पुग्छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : २१ बजे

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा