अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकामा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन ।

गत जनवरी १५ मा चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएको हो । रोग नियन्त्रण केन्द्र अमेरिकाका अधिकारीहरुले जनाएका छन । कोरोनाबाट पीडित भनिएका ती व्यक्तिका परिचय भने अहिलेसम्म गोप्य नै राखिएको छ ।

चीनको बुहानबाट फैलिएको भनिएको कोरोना भाइरसबाट त्यहाँ हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय भन्दा बढी संक्रमित भएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणले संत्रास फैलिएपछि उत्तर कोरियाले सीमावर्ती क्षेत्रका प्रवेशविन्दुहरु बन्द गरेको छ ।

तत्काललाई बिदेशी पर्यटक आगमनमा रोक लगाएर कोरानाबिरुद्ध सतर्कता अपानाइएको उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : २९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४