१० खेलाडीमा सीमित आर्सनलले चेल्सीसँग अंक बाँड्यो | Khabarhub Khabarhub

१० खेलाडीमा सीमित आर्सनलले चेल्सीसँग अंक बाँड्यो


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले २ -२ गोलको बराबरी खेलेका छन् ।

मंगलबार राति लण्डन डर्बीमा भएको खेलमा १० खेलाडीमा सीमित भएको आर्सनलबिरुद्ध पनि चेल्सी अंक बाढ्न बाध्य भयो ।

२६ औ मिनेटमा डेबिड लुईस रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बनेको आर्सनलले चेल्सीलाई स्पष्ट ३ अंकसहित तालिका सुधार्ने अवसर टारिदिएको हो । २८ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट पहिलो हाफ आफ्नो पक्षमा पारेको चेल्सीले त्यसलाई कायमै राख्न नसक्दा स्पष्ट जीत निकाल्न नसकेको हो ।

दोस्रो हाफमा आर्सनलका ग्याब्रियल मार्टिनेलीले गोल गर्दै घरेलु टोली चेल्सीको अग्रतामा धक्का दिए ।

खेलको ८४ औं मिनेटमा कप्तान समेत चेल्सीका सिजर एजिपिलिकुएटाले गोल गर्दै टोलीलाई जति नजिक पुर्‍याए । तर त्यसको तीन मिनेटपछि हेक्टर बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई खेल २-२ गोलको बराबरीमा पुर्‍याए ।

बराबरीसंग चेल्सी २४ खेलको समाप्तिसँगै ४० अंक सहित तालिकाको चौथो स्थानमा रहँदा समान खेल खेलेको आर्सनल ३० अंकका साथ दशौं स्थानमा छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ०० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा