५ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स | Khabarhub Khabarhub

५ महिनामा भित्रियो ४ खर्ब रेमिट्यान्स


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको आम्दानीको मुख्य श्रोत मध्येको एक वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स हो ।

नेपाल राष्ट्र बैंक तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्ष सोहि अवधिको तुलनामा रेमिट्यान्स ०.१ प्रतिशतले बढी हो ।

वैदेशिक रोजगारका लागि सरकारले व्यक्तिगत तर्फ १ सय १० देशका लागि स्वीकृति प्रदान गर्ने गरेको छ । त्यस बाहेकका अन्य देशमा काम गर्न जाने नेपालीलाई नेपाल सरकारले भिसा र काम गर्ने अनुमति दिदैन । तर पनि नेपालमा १ सय ८९ भन्दा बढि देशबाट रेमिट्यान्स भित्रिने गरेको छ ।

वैदेशिक रोजगारका लागि नेपाल सरकारले सस्थागत रुपमा ११० वटा राष्ट्रसँग सम्झौता गरे पनि अन्य राष्ट्रहरुबाट पनि रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकार भट्टले बताए ।

वैदेशिक रोजगारीका लागि सरकारले खुला गरेका राष्ट्र मध्ये हाल अफगानिस्तान, इराक, लिबिया लगायत राष्ट्रमा नेपालीलाई काम गर्न जान रोक लगाइएको छ। गैरकानूनी बाटोबाट ती राष्ट्रमा पुगेका नेपालीले काम गरिरहेका छन् ।

सुधारियो रेमिट्यान्स

राष्ट्र बैंकले तयार पारेको तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५र७६ मा विश्व १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड ४१ लाख ९८ हजार ८ सय ६ रुपैयाँ रेमिट्न्यान्स नेपाल भित्रिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ७६ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष २०७४/७५ वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब धेरै रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

रोजगारीका लागि विदेश पुगेका नेपालीले पठाएको रकम हरेक वर्ष बढ्दो छ । आर्थिक वर्ष ०७०/७१ मा नेपालमा ५ खर्ब ४३ अर्ब रेमिट्यान्स भित्रियो भने आर्थिक वर्ष ०७५/७६ मा आइपुग्दा २ खर्ब बढेर ७ खर्ब ८३ अर्ब पुगेको थियो ।

राष्ट्र बैंकका अनुसार ५ वर्ष अघिको तुलनामा अघिल्लो आर्थिक वर्षदेखि ३३.४ प्रतिशतले बृद्धि भएको छ । कुल ग्रहस्थ उत्पादनमा गत आर्थिक वर्षको रेमिट्यान्सको योगदान २५.४ प्रतिशत रहेको प्रवक्ता भट्ट बताए ।

कुन देशबाट कति रेमिट्यान्स

गत आर्थिक वर्षमा अमेरिकाबाट १ खर्ब ८६ अर्ब २३ करोड ६२ लाख ४६ हजार ३ सय ९ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो विभिन्न देशबाट अमेरिका हुँदै नेपाल रेमिट्यान्स आएका कारण धेरै देखिएको केन्द्रीय बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा भारतबाट धेरै रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । भारतबाट ९२ अर्ब ५० करोड १५ लाख ९१ हजार २८ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

भारतपछि साउदी अरबबाट धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । साउदीबाट ८८ अर्ब ५२ करोड ९५ लाख ९३ हजार ३ रुपँयाँ रेमिट्यान्स भित्रिएको बैंकको तथ्याङ्कमा छ ।

साउदीपछि युएईबाट धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । युएईबाट यो आर्थिक वर्षमा ८ ४ अर्ब ६ करोड ७१ लाख २२ हजार ९ सय ७३ रुपैयाँ रेमिट्यान्स भित्रिएको बैंकको तथ्याङ्कमा छ ।

युएईपछि मलेसिया धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ । मलेसियाबाट गत आर्थिक वर्षमा ७३ अर्ब ९५ करोड २४ लाख ५३ हजार ६ सय ९४ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा मलेसियाबाट सवैभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

यस्तै, जापानबाट ६६ अर्ब ७ करोड २ लाख ८१ हजार ५ सय ९८ रुपैयाँ, रोमानियाबाट ५५ अर्ब ५४ करोड २१ लाख २८ हजार ३ सय ३६ रुपैयाँ, दक्षिण कोरियाबाट ३२ अर्ब ६९ करोड १९ लाख ४१ हजार ४ सय ४४ रुपैयाँ, बहराइनबाट २३ अर्ब ६४ करोड ८० लाख १३ हजार ३ सय ७० रुपैयाँ, कतारदेखि १८ अर्ब ७४ करोड ६० लाख २२ हजार ९३ रुपैयाँ, कुवेतबाट १४ अर्ब ५७ करोड ४ लाख २७ हजार ५ सय ४ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अस्टेलियाबाट १० अर्ब ५३ करोड ३३ लाख ५८ हजार २ सय ७५ रुपैयाँ, बेलायतबाट ९ अर्ब ५६ करोड ९७ हजार २ सय ३८ रुपैयाँ र ओमनबाट ४ अर्ब ८७ करोड १४ लाख ४४ हजार ३१ रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको बैंकले जानकारी दिएको छ ।

यस्तै अन्य देशदेखि पनि नेपाल वार्षिक करोडको हारहारीमा रेमिट्यान्स नेपाल भित्रिने गरेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ११ : ४६ बजे

इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जाकर्ता– खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया– सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै  

काठमाडौं– सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको

दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर

मान्म– कालीकोट जिल्लाको दुर्गम गाउँ नरहरिनाथ गाउँपालिका–७ उच्छवमा पहिलो पटक

२ हजारभन्दा तल झर्‍यो नेप्से, सबै उपसूचक राताम्मे 

काठमाडौं- नयाँ वर्षको आगमनसँगै ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता