इकमर्सबाट कारोबार गर्ने तरिका र सुरक्षित रहने उपाय « Khabarhub

इकमर्सबाट कारोबार गर्ने तरिका र सुरक्षित रहने उपाय


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यापार व्यवसाय गर्ने तथा इन्टरनेटका माध्यमबाट कारोबार गर्नेहरुमा अझै पनि विश्वासको खडेरी कायमै छ । तर इन्टरनेटको माध्यमबाट गरिने कारोबारमा साबधानी अपनाउन सके अनेकौं झन्झट मात्र हैन समयको समेत बचत हुन्छ ।

अझ नेपाल जस्ता विकासशील मूलुकमा त इन्टरनेटमार्फत हुने कारोबारलाई प्रबर्द्धन गर्न सरकारले करमा समेत छुट दिने सम्मका स्किम ल्याएका छन । तर पनि इकमर्समा आममानिसको विश्वास बढ्न नसक्दा नगण्य मानिसहरु मात्र यसको पहुँचमा छन ।

इकमर्समा विश्वासको खडेरी लागिरहँदा यसमार्फत हुने कसरी सुरक्षित कारोबार गर्न सकिएला भन्नेबारे हामीले यहाँ चर्चा गरेका छौं । जसले इन्टरनेटमार्फत हुने कारोबार गर्दा हुन सक्ने ठगी, ह्याकिङ तथा अपराधका घटना रोक्नमा मद्दत मिल्छ ।

संवेदनशिल डाटा स्टोर नगरौँ

सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि तपाई इकमर्समै जोडिन चाहानुहुन्छ र कारोबार नै गर्नुहुन्छ भने पनि अत्यन्तै महत्वपूर्ण डाटाहरु ड्राइभमा स्टोर गरेर नराख्नु नै बुद्दिमतापूर्ण हुन्छ ।

कस्टमरको पर्सनल डाटा वा उनीहरुको प्राइवेसीलाई मेन्टेन गर्नु तपाईँको प्रमुख दायित्व हो । उनिहरुको व्यक्तिगत विवरण गोपनियतासँग समेत सम्बन्धित हुने भएकाले यसलाई कायम गरिदिनु तपाईको जिम्मेवारी हो ।

यो तपाईको बिजनेसको विस्तार गर्ने एक मानक समेत हो । त्यसैले कस्टमरसँग सम्बन्धित संवेदनशिल र व्यक्तिगत डाटालाई स्टोर नगर्नु नै हितकर हुन्छ । जसले ह्याकिङ, फिसिङ र साइवर अट्याक्सबाट बचाउन सक्छ ।

एचटीटीपीएसको प्रयोग गरौं

यो एक तरिकाको अनलाइन प्रोटोकल हो जसले इन्टरनेटका माध्यमबाट हुने सञ्चारलाई सुरक्षित बनाउँन मद्दत गर्छ । आफुले चलाएको बेब सुरक्षित छ छैन भन्नेमा ढुक्क हुन ग्रीन लक आइकनको प्रयोग गर्न सकिन्छ । यसको अर्थ जुन वेबसाइटमा यसको मार्क रहेको हुन्छ त्यो वेबसाइट सुरक्षित हुनेमा ढुक्क हुन सकिन्छ ।

यसको लागी बिजनेसेहरुलाई एक सेक्योर सर्किट लेयर सर्टिफिकेट लिन सक्छन । यही प्रविधिलाई एचटीटीपीएस वा एसएसएल भनिन्छ ।

सुरक्षित प्लेटर्फम रोज्नुहोस्

सुरक्षित कारोकारका लागि सफ्टवेयर पनि सुरक्षित हुन जरुरी छ । जसका लागि खरिद गरिएका ईनक्रिप्टेड पेमेन्ट गेटवेज, एसएसएल सर्टिफिकेट्स र सोलिड अर्थोटिकेशन प्रोटोकल्स भएका प्लेटफर्मलाई मात्रै छनौट गर्न जरुरी छ । यसका लागि क्लाउड बेस्ड सेक्योरिटी छनौट गर्नु पनि उपयुक्त हुने आइटी क्षेत्रका विज्ञहरु बताउँछन ।

यावत प्रविधिको प्रयोग मार्फत सुरक्षित कारोबारको विश्वसनियता दिन सके निशंकोच विश्वभर सहज तवरले ब्यापार/व्यवसाय विस्तार गर्न सकिन्छ । किनकी इन्टर र प्रविधिमा भएको क्रान्तिले भौगोलिक सीमाको बन्देजलाई लगभग अन्त्यको अवस्थामा पुर्‍याइदिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ५० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००