इकमर्सबाट कारोबार गर्ने तरिका र सुरक्षित रहने उपाय | Khabarhub Khabarhub

इकमर्सबाट कारोबार गर्ने तरिका र सुरक्षित रहने उपाय


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यापार व्यवसाय गर्ने तथा इन्टरनेटका माध्यमबाट कारोबार गर्नेहरुमा अझै पनि विश्वासको खडेरी कायमै छ । तर इन्टरनेटको माध्यमबाट गरिने कारोबारमा साबधानी अपनाउन सके अनेकौं झन्झट मात्र हैन समयको समेत बचत हुन्छ ।

अझ नेपाल जस्ता विकासशील मूलुकमा त इन्टरनेटमार्फत हुने कारोबारलाई प्रबर्द्धन गर्न सरकारले करमा समेत छुट दिने सम्मका स्किम ल्याएका छन । तर पनि इकमर्समा आममानिसको विश्वास बढ्न नसक्दा नगण्य मानिसहरु मात्र यसको पहुँचमा छन ।

इकमर्समा विश्वासको खडेरी लागिरहँदा यसमार्फत हुने कसरी सुरक्षित कारोबार गर्न सकिएला भन्नेबारे हामीले यहाँ चर्चा गरेका छौं । जसले इन्टरनेटमार्फत हुने कारोबार गर्दा हुन सक्ने ठगी, ह्याकिङ तथा अपराधका घटना रोक्नमा मद्दत मिल्छ ।

संवेदनशिल डाटा स्टोर नगरौँ

सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि तपाई इकमर्समै जोडिन चाहानुहुन्छ र कारोबार नै गर्नुहुन्छ भने पनि अत्यन्तै महत्वपूर्ण डाटाहरु ड्राइभमा स्टोर गरेर नराख्नु नै बुद्दिमतापूर्ण हुन्छ ।

कस्टमरको पर्सनल डाटा वा उनीहरुको प्राइवेसीलाई मेन्टेन गर्नु तपाईँको प्रमुख दायित्व हो । उनिहरुको व्यक्तिगत विवरण गोपनियतासँग समेत सम्बन्धित हुने भएकाले यसलाई कायम गरिदिनु तपाईको जिम्मेवारी हो ।

यो तपाईको बिजनेसको विस्तार गर्ने एक मानक समेत हो । त्यसैले कस्टमरसँग सम्बन्धित संवेदनशिल र व्यक्तिगत डाटालाई स्टोर नगर्नु नै हितकर हुन्छ । जसले ह्याकिङ, फिसिङ र साइवर अट्याक्सबाट बचाउन सक्छ ।

एचटीटीपीएसको प्रयोग गरौं

यो एक तरिकाको अनलाइन प्रोटोकल हो जसले इन्टरनेटका माध्यमबाट हुने सञ्चारलाई सुरक्षित बनाउँन मद्दत गर्छ । आफुले चलाएको बेब सुरक्षित छ छैन भन्नेमा ढुक्क हुन ग्रीन लक आइकनको प्रयोग गर्न सकिन्छ । यसको अर्थ जुन वेबसाइटमा यसको मार्क रहेको हुन्छ त्यो वेबसाइट सुरक्षित हुनेमा ढुक्क हुन सकिन्छ ।

यसको लागी बिजनेसेहरुलाई एक सेक्योर सर्किट लेयर सर्टिफिकेट लिन सक्छन । यही प्रविधिलाई एचटीटीपीएस वा एसएसएल भनिन्छ ।

सुरक्षित प्लेटर्फम रोज्नुहोस्

सुरक्षित कारोकारका लागि सफ्टवेयर पनि सुरक्षित हुन जरुरी छ । जसका लागि खरिद गरिएका ईनक्रिप्टेड पेमेन्ट गेटवेज, एसएसएल सर्टिफिकेट्स र सोलिड अर्थोटिकेशन प्रोटोकल्स भएका प्लेटफर्मलाई मात्रै छनौट गर्न जरुरी छ । यसका लागि क्लाउड बेस्ड सेक्योरिटी छनौट गर्नु पनि उपयुक्त हुने आइटी क्षेत्रका विज्ञहरु बताउँछन ।

यावत प्रविधिको प्रयोग मार्फत सुरक्षित कारोबारको विश्वसनियता दिन सके निशंकोच विश्वभर सहज तवरले ब्यापार/व्यवसाय विस्तार गर्न सकिन्छ । किनकी इन्टर र प्रविधिमा भएको क्रान्तिले भौगोलिक सीमाको बन्देजलाई लगभग अन्त्यको अवस्थामा पुर्‍याइदिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ५० बजे

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४०

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार