अक्षय कुमारले मागे १२० करोड पारिश्रमिक ! « Khabarhub

अक्षय कुमारले मागे १२० करोड पारिश्रमिक !


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार व्यावसायिक अभिनेता हुन् । उनले बक्स अफिसमा हिट फिल्म त दिएका छन् नै । पारिश्रमिक पनि बढाइरहेका छन् ।

सन् २०१९ मा अक्षय कुमारका फिल्मले ७ सय करोडभन्दा बढी कलेक्सन गरे । यो यस्तो रेकर्ड हो, जहाँ कुनै खान पनि पुग्न सकेका छैनन् । न त ऋतिक रोशनले नै यो रेकर्ड बनाउन सकेका थिए ।

पहिलोपटक बलिउड स्टारमा यस्तो रेकर्ड अक्षय कुमारले राखे ।

यतिबेला बलिउडका कैयन् निर्माता–निर्देशकले अक्षयलाई आफ्नो फिल्ममा साइन गर्न चाहन्छन् । अक्षयले पनि यही मौका पारेर आफ्नो पारिश्रमिक बढाएका छन् ।

अक्षयसँग जोडिएको एक खबरअनुसार अक्षय कुमारले सय करोडभन्दा बढी पारिश्रमिक बढाएका छन् । उनले एक फिल्मका लागि १ सय २० करोड पारिश्रमिक मागेका छन् ।

उक्त फिल्ममा सारा अली खान र साउथ स्टार धनुष पनि हुनेछन् । फिल्मको शूटिङ छिट्टै शुरु हुनेछ ।

भारतीय मिडियाका अनुसार अक्षय कुमारलाई यति रकम निर्माण टिमले दिने भएको छ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने बाहिर आएको छैन ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ०९ बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै