विवाद समाधानका लागि कांग्रेस शीर्ष नेताबीच छलफल हुँदै « Khabarhub

विवाद समाधानका लागि कांग्रेस शीर्ष नेताबीच छलफल हुँदै


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी भित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई बोलाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बैठक बस्न लागेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहलाई बोलाइएको छ ।

पुस ११ गते संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति, विभागहरुको संख्या थप लगायतका निर्णय गरेपछि नेता पौडेल–सिटौला पक्ष असन्तुष्ट बनेको छ ।

पार्टी भित्र विवाद बढ्दै जाँदा असन्तुष्ट पक्षले आफू पक्षधर जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरि संस्थापन पक्षलाई दवाव समेत दिएको थियो ।

सभापति देउवाले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न आफू तयार रहेको बताएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल गतसाता उपचारका लागि भारत जानु अघि पनि देउवा निवासमा नेता पौडेल र सिटौलासँग छलफल गरेका थिए । देउवाले त्यसक्रममा पनि समस्या समाधान गरेर अघि बढ्ने बताएका थिए ।

त्यसबीचमा नेताहरु सिटौला, निधि र सिंहले गत सोमबार पार्टी कार्यालय सानेपामा छलफल गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : २७ बजे

‘सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी’

चितवन– सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)