जथाभावी बाटो काट्दा हजार रुपैयाँ जरिवाना, सवारी हाक्दा मोबाइल चलाए पाँच हजार तिर्नुपर्ने | Khabarhub Khabarhub

जथाभावी बाटो काट्दा हजार रुपैयाँ जरिवाना, सवारी हाक्दा मोबाइल चलाए पाँच हजार तिर्नुपर्ने


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा मिटरमा जान नपाउने ट्याक्सी चालकलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव अघि सारेको छ ।

उक्त मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार रुपैयाँ, सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग गरेमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुका लागि एक हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

निषेधित क्षेत्रमा जथाभावी रुपमा हर्न बजाएमा दुई हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ भने मादक पदार्थ सेवन गरेर सवारी चलाएमा पाँच हजार रुपैयाँ रहेको छ । त्यसमा पनि सार्वजनिक सवारीको हकमा भने १० हजार रुपैयाँसम्म जरिवाना लिने भएको छ ।

विधेयक लागू भएमा मोटरसाइकल तथा अन्य दुई पाङग्रे सवारी चलाउँदा चालक तथा पछाडी बस्ने यात्रुले सुरक्षाका लागि हेल्मेट लगाउनुपर्नेछ ।

यसअघि ट्राफिक नियम उल्लघंन गर्ने पैदलयात्रु र सवारी चालकलाई प्रहरीले २० मिनेटदेखि २ घण्टासम्म सचेतना कक्षा दिने गथ्र्यो भने एक हजारदेखि १५ सयसम्म जरिवानाको व्यवस्था गरेको थियो ।

यो विधेयक लागू भएमा सवारी सञ्चालनमा फाइदा पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए ।
‘सवारी साधनको चाप दिनप्रतिदिन बढिरहेको छ’ ढकालले खबरहबसँग भने, ‘साना ठूला सबैखाले सवारीसाधनलाई हुने गरी ल्याएको विधेयक छ लागू भएमा सवारी दुर्घटना पनि घट्नेछ ।’

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ३४ बजे

क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने

यउन्डे– क्यामरुनका राष्ट्रपति पाउल बियाका एक चर्चित आलोचकलाई निर्वाचन अधिकारीहरूले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको पन्ध्रौँ महाधिवेशन २०८३

संवैधानिक परिषद्लाई बहुमतले निर्णय गर्न दिनुपर्छ : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद् बहुमतले निर्णय

बागलुङमा सडक बनाउन आर्थिक सहयोग अभियान

गण्डकी– सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३

म्याग्दी निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’सहितको