जथाभावी बाटो काट्दा हजार रुपैयाँ जरिवाना, सवारी हाक्दा मोबाइल चलाए पाँच हजार तिर्नुपर्ने « Khabarhub

जथाभावी बाटो काट्दा हजार रुपैयाँ जरिवाना, सवारी हाक्दा मोबाइल चलाए पाँच हजार तिर्नुपर्ने


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा मिटरमा जान नपाउने ट्याक्सी चालकलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव अघि सारेको छ ।

उक्त मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार रुपैयाँ, सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग गरेमा पाँच हजार, सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुका लागि एक हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

निषेधित क्षेत्रमा जथाभावी रुपमा हर्न बजाएमा दुई हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ भने मादक पदार्थ सेवन गरेर सवारी चलाएमा पाँच हजार रुपैयाँ रहेको छ । त्यसमा पनि सार्वजनिक सवारीको हकमा भने १० हजार रुपैयाँसम्म जरिवाना लिने भएको छ ।

विधेयक लागू भएमा मोटरसाइकल तथा अन्य दुई पाङग्रे सवारी चलाउँदा चालक तथा पछाडी बस्ने यात्रुले सुरक्षाका लागि हेल्मेट लगाउनुपर्नेछ ।

यसअघि ट्राफिक नियम उल्लघंन गर्ने पैदलयात्रु र सवारी चालकलाई प्रहरीले २० मिनेटदेखि २ घण्टासम्म सचेतना कक्षा दिने गथ्र्यो भने एक हजारदेखि १५ सयसम्म जरिवानाको व्यवस्था गरेको थियो ।

यो विधेयक लागू भएमा सवारी सञ्चालनमा फाइदा पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले बताए ।
‘सवारी साधनको चाप दिनप्रतिदिन बढिरहेको छ’ ढकालले खबरहबसँग भने, ‘साना ठूला सबैखाले सवारीसाधनलाई हुने गरी ल्याएको विधेयक छ लागू भएमा सवारी दुर्घटना पनि घट्नेछ ।’

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ३४ बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य