अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएका व्यक्तिको अवस्था अझै अज्ञात, सेनाद्वारा खोजी कार्य जारी « Khabarhub

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएका व्यक्तिको अवस्था अझै अज्ञात, सेनाद्वारा खोजी कार्य जारी


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ३ नेपाली र ४ जना कोरियन नागरिक ६ दिनसम्म पनि फेला पर्न सकेका छैनन् ।

पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएको हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए ।

घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा ९तामाङ० र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।

हिम पहिरोमा परेर बेपत्ता भएका नेपालीसहित कोरियाली नागरिकको खोजीका लागि सेनाको टोली अहिले पनि अन्नपूर्ण क्षेत्रमा परिचालित छ ।

सेनाको टोलीले प्राप्त सूचना, नेपाली पथप्रदर्शक (गाइड)का आफन्त तथा घटनास्थल नजिकै रहेका होटलहरुको सहयोगमा बेपत्ता भएका खोजी कार्य जारी राखेको जनाइएको छ ।

अन्नपूर्ण क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि स्थानीय प्रशासनसँगै प्रहरी र सशस्त्र प्रहरीको टोली पनि परिचालन भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  २ : १८ बजे

रास्वपाबाट गोरखा–१ मा सुदन गुरुङ उम्मेदवार बन्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी पुस्ताका अगुवा सुदन

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा