ज्यानै लिन कोरोना भाइरसको यी हुन् लक्षण, यसरी जोगिनुस् « Khabarhub

ज्यानै लिन कोरोना भाइरसको यी हुन् लक्षण, यसरी जोगिनुस्


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनमा देखा परेको नयाँ भाइरस कोरोनाले ९ जनाको ज्यान गएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको छ ।

यस्तै श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोना भाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ ।

नेपालमा पनि यसको आशंकामा एक जना परीक्षण गरिएको थियो । चीनमा अध्ययनका लागि गएका नेपाली युवामा कोरोनाको आशंकामा परीक्षण गरिएको थियो । उनको स्याम्पल जाँचका लागि हिजो हङकङ पठाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

कसरी जोगिन सकिन्छ ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : ३१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ९ गते बुधबार। वैशाख

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन