चीनमा कोरोना भाइरसका कारण ९ जनाको ज्यान गयो, ४४० जना पीडित | Khabarhub Khabarhub

चीनमा कोरोना भाइरसका कारण ९ जनाको ज्यान गयो, ४४० जना पीडित


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ ।

यस नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको छ, र मृत्यु हुनेहरु सबै मध्य चीनको हुबेई प्रान्तका रहेका राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक ली बिनले बताए ।

पत्रकार सम्मेलनमा उपनिर्देशक लीले मङ्गलबार मात्र १४९ जनामा भाइरस देखिएको पुष्टी भएको जानकारी दिए ।

विदेशमा हालसम्म जापानमा एउटा घटना प्रमाणित भएको छ भने थाइल्याण्डमा तीन र दक्षिण कोरियामा एक जनामा यो भाइरसको सङ्क्रमण देखिएको छ ।

चिनियाँ अधिकारीहरुले कूल २,१९७ को विशेष निगरानी गरिएको र तीमध्ये १ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएका छन् । स्वास्थ्य जाँच गरिएकामध्ये ७६५ जनालाई डिस्चार्ज गरिएको छ ।

उपनिर्देशक लीले यस भाइरसबाट सङ्क्रमणको घटना निकै बढेको देखिएको बताए । उनले नयाँ भाइरसको परीक्षण विधि प्रयोगमा आएपछि रोगी व्यक्तिहरुको संख्या देखिएको हुन सक्ने बताए ।

विज्ञहरूले श्वासप्रश्वासबाट यो भाइरस अर्को व्यक्तिमा सङ्क्रमण हुने बताएका छन् ।

आयोगले जनवरी २० देखि नै पुष्टि भएका घटनाहरूको संख्या र सम्भावित सङ्क्रमितहरूका बारेमा दैनिक विवरण सार्वजनिक गर्दै आएको छ ।

विज्ञहरूले चिनियाँ नयाँ वर्षका अवसरमा ठूलो संख्यामा मानिसको आवतजावत हुने भएकाले यस भाइरसको सङ्क्रमणबाट सतर्क रहन आह्वान गरेका छन् ।

भाइरसको फैलावट रोक्न सरकारले कडा कदम चालेको छ । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा थर्मल डिटेक्टर जडान गरिएको छ भने शहरका तीन प्रमुख रेलवे स्टेशनहरूमा २० थर्मल डिटेक्टर स्थापना गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : ४५ बजे

भाइटिका नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै

काठमाडौं– तिहार अन्तर्गत भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या

शान्तिको पक्षमा ट्रम्प : युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्धको सन्दर्भमा आफ्नो पछिल्लो

विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी, ६ लाख बराबरको क्षति

काठमाडौं– काठमाडौंको काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी भएको छ

नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको