गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा « Khabarhub

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा भोलि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारी सकिएको कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताए ।

निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको र प्रत्येक केन्द्रमा नौ जनाका दरले १८ कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए । त्यसैगरी आवश्यक मात्रामा सुरक्षाकर्मीसमेत आजबाट नै परिचालन गरिएको बताइन्छ ।

“निर्वाचनलाई शान्तिपूर्ण र कुनै पनि बाधा अड्चन बिना सम्पन्न गर्नका लागि सबै तयारी सकिएको छ । समयै मदान शुरु गरेर भोलि नै साँझ ६ बजेभित्रमा मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ”, प्रमुख सुवेदीले भने ।

‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख १७० गरी कूल २३० मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । प्रदेशसभाको दुई हजार ८८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५९४० मतभार गण्डकी प्रदेशमा छ ।

निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काङ्गेसले दुबै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले एक पदमा मात्र उम्मेदवारी दिएको छ ।

नेकपाबाट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार छन् । कांग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ । जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार छन् ।

नेकपाको प्रदेशसभामा ४० र स्थानीय तहमा ८३ गरी १२३ मतदाता छन् । नेकपाको कूल मतभार तीन हजार ४१४ छ । नेपाली काँग्रेसको प्रदेश सभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ मतदाता छन् । कांग्रेसको कूल मतभार दुई हजार १७८ छ । राष्ट्रिय जनमोर्चाको प्रदेशसभामा तीन तथा अध्यक्ष स्थानीय तहमा तीन गरी छ मतदाता रहेकोमा १९८ मतभार छ ।

समाजबादी पार्टीको प्रदेशसभामा दुई मतदाता बराबर ९६ मतभार छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा रहेको दुई मत बराबर ३६ मतभार छ । स्थानीय तहका एक स्वतन्त्र मतदाताको १८ मतभार छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ०१ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।