८ जना भारतीयको ज्यान गएको दामन घटनाबारे छानविन गर्न समिति गठन « Khabarhub

८ जना भारतीयको ज्यान गएको दामन घटनाबारे छानविन गर्न समिति गठन


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ । पर्यटन विभाग, होटेल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

विभागका अनुसार घटनामा पर्यटकको सुरक्षामा रिसोर्टको तर्फबाट कमजोरी भए-नभएको बारे हेरिनेछ । रिसोर्टले निर्धारित मापदण्ड पूरा गरे नगरेको बारेमा समेत अध्ययन गरिने भएको छ । यस्तै समितिले आगामी दिनयमा यस्ता घटना हुन नदिन के गर्ने भन्नेबारेपनि सुझाव दिने छ ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।
भारत केरेलका उनीहरुको १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि नेपाल आएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : १९ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक