१६ जना विशेषज्ञ चिकित्सक दशौं तहमा बढुवा « Khabarhub

१६ जना विशेषज्ञ चिकित्सक दशौं तहमा बढुवा


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले १६ जना विशेषज्ञ चिकित्सकलाई दशौं तहमा बढुवा गरेको छ ।  स्वास्थ्य मन्त्रालयको बढुवा समितिले विभिन्न अस्पतालमा कार्यरत नवौं तहका १६ जना चिकित्सकलाई बढुवा गरेको हो ।

दशौं तहमा बढुवा हुने १६ जना विशेषज्ञ चिकित्सकहरुमा भरतपुर अस्पतालका डा वैकुण्ठ अधिकारी पहिलो नम्बरमा छन् ।

यस्तै दशौं तहमा बढुवा हुनेमा भरतपुर अस्पतालकै डा राजु बस्नेत, जनकपुर अञ्चल अस्पतालका डा रामदेव चौधरी, वीर अस्पतालका डा जैनेन्द्र कुमार चौधरी, वीर अस्पतालकै डा भद्र हमाल, कोशी अञ्चल अस्पतालका डा रविन राज सिंह रहेका छन् ।

यस्तै कान्ति बाल अस्पतालका डा कृष्ण प्रसाद भट्टराई, राष्ट्रिय ट्रमा सेन्टरका डा निलम कुमार खड्का, वीर अस्पतालकी डा रीमा जोशी, महाकाली अञ्चल अस्पतालका डा रोजन ताम्राकार, गौर अस्पताल रौतहटकी डा नजला खातुन, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका डा सुवज भट्टराई रहेका छन् ।

यस्तै स्वास्थ्य सेवा विभाग, टेकुका डा बासुदेव कार्की, राष्ट्रिय ट्रमा सेन्टरका डा सन्तोष पौडेल, वीर अस्पतालका डा अनन्तभक्त उप्रेती र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकी डा स्वस्ती शर्मा पनि दशौं तहमा बढुवा भएका छन् ।

स्वास्थ्य मन्त्रालयले नवौं तहमा रहेका १६ जना विशेषज्ञ चिकित्सकहरुलाई २ वर्षको सेवा अवधिपछि दशौं तहमा बढुवा गरेको हो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : २१ बजे

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय