दीपक मनाङेको प्रतिक्रिया : झापड हान्दा मज्जा लाग्छ ! « Khabarhub

दीपक मनाङेको प्रतिक्रिया : झापड हान्दा मज्जा लाग्छ !


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले ठगी गरेको कारण आफूले झापड हानेको गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ ( दीपक मनाङे) ले बताएका छन् । ठगलाई झापड हान्ने आफूलाई प्रहरीले पक्राउ गर्न नपाउने उनको भनाइ थियो ।

मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै झापड हानेर चर्चामा आएका मनाङेले बुधबार पोखरामा पत्रकार सम्मलेन गरेर ठगलाई झापड नहानेर माला लगाउन त ? भन्दै प्रश्नसमेत गरे ।

‘मेरा १८ जना बच्चालाई अलपत्र पारेपछि झापट हानेको हुँ, ठगलाई झापड हान्न पाइन्छ’ उनले भने।

एन्फाका कास्कीका अध्यक्ष गुरुङले बुधबार कास्की प्रहरीमा उनी विरुद्ध उजुरी दर्ता गरेको केही समयमै उनले पत्रकार सम्मेलन गरेका हुन्।

उनले भने, ‘हिजो पूर्व प्रधानमन्त्रीलाई पनि चप्पल हिर्काइयो, झलनाथलाई पनि हानियो, उस (मिलन) लाई त मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने हो।’ उनले आफू रावणतिरको भएको बताउँदै झापड हान्दा मज्जा लाग्ने पनि बताए ।

‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ’ उनले भने ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ५ : ५१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने