नियम मिचेको भन्दै ‘चिट’ काट्ने ट्राफिकलाई माग्ने बूढाले दिए धन्यवाद « Khabarhub

नियम मिचेको भन्दै ‘चिट’ काट्ने ट्राफिकलाई माग्ने बूढाले दिए धन्यवाद


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा)ले नियम उल्लङ्घन गरी चिट काट्ने ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । उनले चेकिङका क्रममा मीठो व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी सन्तोष चौधरीलाई भेटेर धन्यवाद दिएका हुन् ।

बुधवार उनी आफ्नो ग्वार्कोस्थित घरबाट एक साथीलाई भेट्न बानेश्वरतिर आउँदै थिए । सो क्रममा घर नजिकै भएको चेकिङका क्रममा उनी प्रहरीको कारवाहीमा परेका थिए ।

ट्राफिक प्रहरी सन्तोष चौधरीले मीठो स्वरमा ‘तपाईंले सिट बेल्ट लगाउनुभएको रहेनछ, चिट काटिदिऊँ?’ भनेका थिए । उनको व्यवहारबाट केदार आफू प्रभावित भएको र उत्तिखेरै चिट काट्न त्यसरी नै प्रतिक्रिया दिएका थिए ।

‘उहाँले कति मीठो गरी भन्नुभयो, यसरी पनि त हुँदो रहेछ नि,’ केदारले भने ।

ट्राफिक प्रहरी महाशाखामा कार्यरत सन्तोषले पनि चेकिङका क्रममा आफूले केदार घिमिरेलाई नचिनेको बताए । उनले भने ‘त्यतिखेर मैले चिनिनँ, उहाँले सिट बेल्ट लगाउनुभएको थिएन, मलाई केही जस्तो लागेन,’ चौधरीले भने ।

केदारले त्यतिबेला आफूले उनीको टोपी र मास्क लगाएकाले ती ट्राफिक प्रहरीले नचिनेको हुनसक्ने बताए । त्यतिबेला आफू चिनिन नचाहेको पनि उनले बताए ।

‘गल्ती गरिसकियो, मैले त चिट काटिदिन भनेँ,’ केदारले हाँस्दै सुनाए ।

यसअघि चौधरीले अभिनेता भुवन केसीलाई पनि चिट काटेको सुनाए । त्यतिबेला भने भुवन केसीले मादक पदार्थ सेवन गरेका कारण चिट काट्नुपरेको पनि उनले खुलाए ।

ट्राफिक नियम उल्लङ्घन गरेपछि केदारलाई रुपैयाँ ५ सयको चिट काटिएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ६ : २६ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल