सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौंः मुख्यमन्त्री भट्ट « Khabarhub

सुदूरपश्चिमको बेरोजगारी अन्त्य गर्छौंः मुख्यमन्त्री भट्ट


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमबाट सुदूरपश्चिमको बेरोजगारी अन्त्य गरिने बताएका छन् ।

जिल्लाको शिखर नगरपालिकास्थित तल्कोटको हरिहर माविको ६०औँ वार्षिकोत्सव उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा उल्लेख्य फड्को मार्न र बेरोजगार घटाउन मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम गाउँ–गाउँमा विस्तार गरिने बताए ।

उनले भने, “सबैलाई शिक्षित बनाउन शिक्षा क्षेत्र र बेरोजगारी हटाउन कृषि क्षेत्रमा लागनी गरेका छौँ, आशा छ यहाँको गरीबी र अशिक्षा चाँडै अन्त्य हुने छ ।”

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका गाउँ–गाउँमा मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम पुर्‍याउन विषेश योजनासहित पहल भइरहेको बताए ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए । साथै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश कृषिका लागि अनुकूल वातावरण भएकाले मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम यहाँका ८८ वटै स्थानीय तहमा सञ्चालनमा ल्याइएको जानकारी गराए ।

सांसद प्रेमबहादुर आलेमगरले खुटिया–बिपीनगर–दिपायल–बझाङ जिल्ला हुँदै चीनको ताक्लाकोट जोड्ने फाष्टट्र्याक सडक सञ्चालनका लागि पहल भइरहेको बताए ।

उनले भने, “सुदूरपश्चिमको महत्व राख्ने फाष्टट्र्याक प्रदेशको गौरवको आयोजनाका रुपमा सम्पन्न गर्ने योजनाअनुसार हामी लागिपरेका छौँ, काम सम्पन्न गराएरै छाड्छौँ ।”

कम्तीमा पनि १० वर्षदेखि निर्माणकार्य शुरु भएको कैलालीको धनगढीदेखि स्याउले तथा डोटीको बीपीनगर, गड्सेरा, दिपायल हुँदै चीनको ताक्लाकोटसम्म पुग्ने उक्त द्रुतमार्गको लम्बाइ (स्याउले बजारदेखि दिपायलसम्म) ८२ किलोमिटर छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १० : १५ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका