सभामुखका विषयमा सिंगो राष्ट्र एक भइसक्यो, माइतीघरमा दुःख नगर्दा हुन्छः प्रचण्ड « Khabarhub

सभामुखका विषयमा सिंगो राष्ट्र एक भइसक्यो, माइतीघरमा दुःख नगर्दा हुन्छः प्रचण्ड


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटाका विषयमा मानवअधिकारवादीहरुले माइतीघरमा गरेको प्रदर्शनको कुनै तुक नभएकाे तर्क गरेका छन् ।

बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई आग्रह गरेका हुन् ।

प्रचण्डले भने,‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा ।’

प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई प्रचण्डले सुझाव दिए ।

बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

यसैबीच फरक प्रसंगमा अध्यक्ष दाहालले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नेकपामै मिल्न आउन आग्रह समेत गरे । उनले देशलाई अब सबै मिलेर समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अलग–अलग भएर बस्नुको औचित्य नहुने बताएका थिए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ३० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको