देउवा निवासमा तीन घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगियो, शुक्रबार फेरि बस्ने « Khabarhub

देउवा निवासमा तीन घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगियो, शुक्रबार फेरि बस्ने


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांंग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीका शीर्ष नेताको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

पार्टीमा देखिएको विवादका विषयमा छलफल गर्न बसेको बैठकले ठोस निष्कर्ष निकाल्न सकेन । बैठक पुनः शुक्रबारका लागि बोलाइएको कांंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘बैठक झण्डै तीन घण्टा चलेको थियो ।  पार्टीमा देखिएको विवादका विषयमा सबै नेताहरुले आ–आफ्ना कुराहरु राख्नुभयो । बैठक शुक्रबार ९ बजे पुनः बस्नेछ ।’

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्ण सिटौला र प्रकाशमान सिंह लगायत सहभागी थिए । उनीहरुले कार्यदल स्तरमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।

गत पुस ११ गते देउवा समुहका केन्द्रीय सदस्य मात्रै उपस्थित बैठकले १४ औं महाधिवेशनलगायत निर्णय गरेपछि पौडेल र सिटौला पक्ष रुष्ट बनेका थिए ।

उनीहरुले महाधिवेशनको कार्यतालिका सच्याउनुपर्ने, क्रियाशील सदस्यता छानविनका लागि समिति बनाउनुपर्ने लगायत माग अघि सारेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : ०१ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल