२२ दिनदेखि हुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध « Khabarhub

२२ दिनदेखि हुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन ।

पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि अहिले कम विद्युत् सामर्थ्यका कारण समस्या आएको टेलिकमले भन्दै आएको छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि शाखा कार्यालयले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

इन्टरनेट सेवा नहुँदा जिल्लाको वस्तुस्थितिबारे केन्द्रमा पठाउन नसकिएको र इन्टरनेट अभावले जनमानसको समस्या समाधान गर्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए ।

टेलिकमले एडिएसएल र नमस्ते टेलिफोन सेवा मर्मत गर्न आलटाल गरिरहेको छ । जिल्ला बाहिर नै प्रविधिमा समस्या आएको जनाउँदै हाल मर्मतको काम भइरहेको टेलिकम शाखाका प्रमुख शिवप्रसाद भट्टराईले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ८ : २५ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।