पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै, आज पनि हल्का बर्षा र हिमपात « Khabarhub

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै, आज पनि हल्का बर्षा र हिमपात


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभर आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पनि पूर्वी तथा पश्चिमी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

‘देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भूभागका केही स्थान र पश्चिमी तथा मध्य पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। रातको समयमा केही स्थानमा आँशिक बदली रहेपनि अधिकांश स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आइतबार र सोमबार मेघ गर्जन/चट्याङसहित हल्का बर्षाको आंकलन गरिएको महाशाखाको पूर्वानुमानमा उल्लेख छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : १३ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक