परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गरेका छन् ।

फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औं उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली गएराति जेनेभा प्रस्थान गरेका हुन् ।

जेनेभा प्रस्थान गर्नुअघि मन्त्री ज्ञवालीले द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालको पूर्णप्रतिबद्धता दोहोर्‍याइने जानकारी दिएका छन् ।

यो वर्ष बालअधिकारसम्बन्धी सन्धि भएको २५औं वार्षिकोत्सवका सन्दर्भमा बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत गराउने मन्त्री ज्ञवालीले बताएका छन् ।

मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही फागुन १६ गते स्वदेश फर्किने छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : १८ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका