बिहे नै राेकेर कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु « Khabarhub

बिहे नै राेकेर कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका डाक्टर पिङ यिनहुआको मृत्यु भएको छ। २९ वर्षीय चिनियाँ डाक्टर यिनहुआको बिहीबार राति मृत्यु भएको हो।

हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड–१९(कोरानाबाट)बाट संक्रमित बिरामीहरुको उपचार गर्न आफ्नो विवाह नै स्थगित गरेका थिए। उनले गत फेब्रुअरी १ तारिखका दिन हुने भनिएको विवाहलाई पछि सारेका थिए।

उनी बिरामीको उपचार गर्दागर्दै संक्रमित भए। जसको कारण गत बिहीबार राति उनको मृत्यु भयो। डा.यिनहुआ गत जनवरी २५ तारिखमा अस्पतालमा भर्ना भएका थिए । पछि ३० तारिखमा जिनयिनतान अस्पतालमा रिफर गरिएको थियो।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य एजेन्सीहरूसँग डा. यिनहुआलाई शहीद घोषणा गर्न माग गरेका छन्। साथै उनको परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरे।

चीनमा महामारीझैं फैलिएको कोभिड–१९ को संक्रमणका कारण स्वास्थ्यकर्मीहरू यस रोगको नियन्त्रण गर्न लागिपरेका छन्।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १० : २२ बजे

लागुऔषध सेवन गरी सवारी चलाउने चार चालक नियन्त्रण

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँको कोटेश्वरबाट लागुऔषध सेवन गरी सवारीसाधन

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल