नापोलीको कठीन जीत « Khabarhub

नापोलीको कठीन जीत


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले ब्रेसियाविरुद्ध कठीन जीत दर्ता गराएको छ।

शुक्रबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २-१ गोल अन्तरले परा जीत गरेको हो ।

ब्रेसियाको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर नापोलीले जीत निकालेको हो । खेलको २६ औं मिनेटमा जोन चान्सेलोरले गोल गर्दै ब्रेसियालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५० औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसको ४ मिनेटपछि फाबियनले गोल गर्दै नापोलीलाई २-१ को जीत दिलाए ।

जीतसँगै नापोली लिगको छैटौं स्थानमा उक्लिएको छ । नापोलीले २५ खेलमा ३६ अंक जोडेको छ ।  १६ अंक मात्र जोडेको ब्रेसिया भने रेलिगेसन जोनमा नै छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १ : ०७ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको