बाँकेमा देखिन थाल्यो डेंगु « Khabarhub

बाँकेमा देखिन थाल्यो डेंगु


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको जनाएको छ।

नेपालगञ्ज उपमहानगरका सबैभन्दा बढी संक्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार जिल्लाका कोहलपुर नगरपालिका, डडुवा गाउँपालिका, राप्तीसोनरी गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेंगुको संक्रमण देखिएको छ।

नेपालगञ्जको भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायत अन्य अस्पतालमा जाँचका क्रममा गत पुसदेखि असोज १६ गतेसम्म ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सम्पर्क व्यक्ति शर्माले जानकारी दिए। उनका अनुसार डेंगु संक्रमण देखिएका बिरामीमध्ये धेरैले उपचार गराएर घर फर्किसकेको र केही बिरामीको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।

त्यसैगरी डेंगु संक्रमणको जोखिम बढेपछि जोखिम न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरले ‘लार्भा नष्ट’ अभियान सञ्चालन गर्न लागेको छ। डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न स्थानीय तहका २३ वटा वडामा लामखुट्टेको वासस्थानसहित लार्भा नष्ट अभियान सञ्चालन गर्न लागिएको उपमहानगरको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताए।

उनका अनुसार अभियानअन्तर्गत घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्मा हुने स्थानमा डेंगु सार्ने लामखुट्टेको वासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ। नेपालगञ्जको जनस्वास्थ्य प्रवर्धन शाखाका जनस्वास्थ्य अधिकृतसमेत रहेका कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालले केही दिनभित्रै लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरी सम्बद्ध सरोकारवालासँग छलफल गरिएको बताए।

उनका अनुसार विगतमा सञ्चालन गरिएको ‘लार्भा खोज र नष्ट गर’ अभियानपछि डेंगु सङ्क्रमण घटेको थियो। डेंगु सार्ने लामखुट्टे मङ्सिरसम्म सक्रिय रहने भएकाले सो अवधिअघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको नेपालगञ्ज उपमहानगरले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ९ : १४ बजे

च्याम्पियन्स लिग : आर्सनलले हरायो स्लाभिया प्रागलाई

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की– पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो

एनपीएल : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६