दुईदिने सुरक्षा गोष्ठी हेटौंडामा शुरु « Khabarhub

दुईदिने सुरक्षा गोष्ठी हेटौंडामा शुरु


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- गृहमन्त्रालयले आयोजना गरेको वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी हेटौंडामा शुरु भएको छ ।

सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता वितरण, पासपोर्ट वितरण, अपराध नियन्त्रणका लागि विभिन्न उपाय, चीन र नेपालको सिमानासम्बन्धी समस्या समाधानका लागि समीक्षा गर्ने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

गोष्ठीमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका उच्चस्तरीय सुरक्षा अधिकृतको सहभागिता रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेशका १३ वटै जिल्लाका प्रजिअ, जनपथ र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका गणपतिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा आइतबार सुरक्षाका प्रमुखलाई निर्देशन दिने आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १ : १४ बजे

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते