बाँस्कोटालाई छुट दिने पक्षमा हामी छैनौं : प्रचण्ड « Khabarhub

बाँस्कोटालाई छुट दिने पक्षमा हामी छैनौं : प्रचण्ड


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् ।

शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहमा प्रचण्डले भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ गहिरो गरि अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदका विषयमा ७० करोड बढी कमिसन डिल गरेको अडियो सार्वजनिक भएसँगै प्रचण्डले कसैको नाम नलिइकन गल्ती गर्नेलाई छुट दिन नसकिने बताएका हुन् ।

अडियो लिक भएसँगै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

गोकुल बाँस्कोटा प्रति लक्षित गर्दै प्रचण्डले भने ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’

प्रचण्डले भ्रष्टाचारका विषयमा पार्टीभित्र गम्भीर छलफल हुने बताए । ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’
प्रचण्डले एमसीसी लगायतका विषयमा छलफल गर्न शनिवार अपराह्न सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ३ : २५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड