बाँस्कोटालाई छुट दिने पक्षमा हामी छैनौं : प्रचण्ड « Khabarhub

बाँस्कोटालाई छुट दिने पक्षमा हामी छैनौं : प्रचण्ड


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् ।

शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहमा प्रचण्डले भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ गहिरो गरि अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदका विषयमा ७० करोड बढी कमिसन डिल गरेको अडियो सार्वजनिक भएसँगै प्रचण्डले कसैको नाम नलिइकन गल्ती गर्नेलाई छुट दिन नसकिने बताएका हुन् ।

अडियो लिक भएसँगै नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

गोकुल बाँस्कोटा प्रति लक्षित गर्दै प्रचण्डले भने ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’

प्रचण्डले भ्रष्टाचारका विषयमा पार्टीभित्र गम्भीर छलफल हुने बताए । ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’
प्रचण्डले एमसीसी लगायतका विषयमा छलफल गर्न शनिवार अपराह्न सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ३ : २५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी