अडियो प्रकरण र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

अडियो प्रकरण र एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्ने भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस र एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा एमसीसी र भ्रष्टाचार नियन्त्रणका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने बताएका थिए ।

बैठक मुख्यगरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन माग गरेको अडियो प्रकरणपछि उत्पन्न परिस्थिति र शुक्रवार एमसीसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनको विषयमा छलफल हुने छ ।

पार्टी अध्यक्ष प्रचण्ड चितवनबाट राजधानी फर्किए लगत्तै बैठक बस्ने छ । बैठकमा नयाँ सञ्चारमन्त्री र सहरी विकास मन्त्री चयनका विषयमा पनि छलफल हुने सम्भावना रहेको बालुवाटार निकट श्रोतको भनाइ छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ३ : ३४ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई