एमसीसीबारे पार्टीमा गम्भिरतापूर्वक छलफल हुनेछ : सचेतक गुरुङ | Khabarhub Khabarhub

एमसीसीबारे पार्टीमा गम्भिरतापूर्वक छलफल हुनेछ : सचेतक गुरुङ


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले मुलुकको राष्ट्रिय स्वाधिनतालाई केन्द्रविन्दूमा राखेर आर्थिक विकाससम्बन्धी सहायताहरु लिनेदिने गर्नुपर्ने बताएका छन् ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गुरुङले एमसीसीबारे गम्भीर बहस आवश्यक भएको बताए ।

एमसीसीमा गलत शर्तहरु थुपारिएको उनको भनाइ छ । उनले विभिन्न दस्तावेज र अमेरिकी अधिकारीहरुको भनाईले पनि एमसीसी चाहीँ ईण्डो प्यासिफिक स्ट्राटेजीकै अंग भएको कुरा पुष्टि गरेको सुनाए । तर, नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने उनले स्पष्ट पारे ।

एमसीसीबारे नेकपाले कार्यदल गठन गरेर गम्भिर रुपमा छलफल गरेर रिपोर्ट तयार पारेर पार्टी नेतृत्वलाई प्रतिवेदनसमेत बुझाएको उनले जनाए ।

उनले भने,‘हिजोमात्रै कार्यदलले रिपोर्ट गरिसकेको छ । पार्टीमा यो प्रवेश हुनेछ । यसबारेमा गम्भिरतापूर्वक छलफल हुनेछ  ।आवश्यकताअनुसार कार्यदलको रिपोर्टपनि सार्वजनिक गर्नेछौं भनेर कुरा आएको छ ।’ उक्त सम्झौताबारे पार्टीले आवश्यक परिमार्जन गरेर नै अघि बढ्ने उनको भनाई छ ।

उनले भने,‘यसको मूल प्रश्न भनेको मुलुकको राष्ट्रिय स्वाधिनतालाई केन्द्रविन्दूमा राखेर आर्थिक विकाससम्बन्धी सहायताहरु लिनेदिने गर्ने हो । त्यसैले मेन विषय भनेको नै स्वाधिनताको पक्ष हो । यसलाई नै सेन्ट्रल पोईन्टमा राखेर निर्णय गर्ने हो भन्ने लाग्छ ।’ यसबारेमा पार्टीले उपयुक्त समयमा उपयुक्त ढंगले निर्णय गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : २५ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले