एमसीसीबारे पार्टीमा गम्भिरतापूर्वक छलफल हुनेछ : सचेतक गुरुङ « Khabarhub

एमसीसीबारे पार्टीमा गम्भिरतापूर्वक छलफल हुनेछ : सचेतक गुरुङ


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले मुलुकको राष्ट्रिय स्वाधिनतालाई केन्द्रविन्दूमा राखेर आर्थिक विकाससम्बन्धी सहायताहरु लिनेदिने गर्नुपर्ने बताएका छन् ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गुरुङले एमसीसीबारे गम्भीर बहस आवश्यक भएको बताए ।

एमसीसीमा गलत शर्तहरु थुपारिएको उनको भनाइ छ । उनले विभिन्न दस्तावेज र अमेरिकी अधिकारीहरुको भनाईले पनि एमसीसी चाहीँ ईण्डो प्यासिफिक स्ट्राटेजीकै अंग भएको कुरा पुष्टि गरेको सुनाए । तर, नेपाल कुनैपनि सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने उनले स्पष्ट पारे ।

एमसीसीबारे नेकपाले कार्यदल गठन गरेर गम्भिर रुपमा छलफल गरेर रिपोर्ट तयार पारेर पार्टी नेतृत्वलाई प्रतिवेदनसमेत बुझाएको उनले जनाए ।

उनले भने,‘हिजोमात्रै कार्यदलले रिपोर्ट गरिसकेको छ । पार्टीमा यो प्रवेश हुनेछ । यसबारेमा गम्भिरतापूर्वक छलफल हुनेछ  ।आवश्यकताअनुसार कार्यदलको रिपोर्टपनि सार्वजनिक गर्नेछौं भनेर कुरा आएको छ ।’ उक्त सम्झौताबारे पार्टीले आवश्यक परिमार्जन गरेर नै अघि बढ्ने उनको भनाई छ ।

उनले भने,‘यसको मूल प्रश्न भनेको मुलुकको राष्ट्रिय स्वाधिनतालाई केन्द्रविन्दूमा राखेर आर्थिक विकाससम्बन्धी सहायताहरु लिनेदिने गर्ने हो । त्यसैले मेन विषय भनेको नै स्वाधिनताको पक्ष हो । यसलाई नै सेन्ट्रल पोईन्टमा राखेर निर्णय गर्ने हो भन्ने लाग्छ ।’ यसबारेमा पार्टीले उपयुक्त समयमा उपयुक्त ढंगले निर्णय गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : २५ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा