कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो « Khabarhub

कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार नाघ्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ ।

सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।

सबैभन्दा धेरै इटलीमा ४ हजार ८ सय  २५  जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ५३ हजार ५ सय ७८ व्यक्तिमध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।

अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।

अहिलेसम्मा काेराेना भाइरसको सङ्क्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ०३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन