कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन ६ हजार ५ सय बढी संक्रमित « Khabarhub

कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन ६ हजार ५ सय बढी संक्रमित


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका अमेरिकामा तीब्र रुपमा फैलिएको छ ।  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ६ हजार ५ सय १३ जना नयाँ संक्रमित देखा परेका छन् । हालसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय १६ पुगेको छ भने संक्रमितको संख्या २५ हजार ८ सय ९६ पुगेको छ ।

इटालीमा पनि पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५७ जना नयाँ संक्रमित देखिएसँगै ५३ हजार ५ सय ७८ पुगेको छ । इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

कोरोनाका  कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।

संक्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।

अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।

अहिलेसम्मा काेराेना भाइरसको संक्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : २९ बजे

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि