कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन ६ हजार ५ सय बढी संक्रमित « Khabarhub

कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन ६ हजार ५ सय बढी संक्रमित


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका अमेरिकामा तीब्र रुपमा फैलिएको छ ।  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ६ हजार ५ सय १३ जना नयाँ संक्रमित देखा परेका छन् । हालसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय १६ पुगेको छ भने संक्रमितको संख्या २५ हजार ८ सय ९६ पुगेको छ ।

इटालीमा पनि पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५७ जना नयाँ संक्रमित देखिएसँगै ५३ हजार ५ सय ७८ पुगेको छ । इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

कोरोनाका  कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।

संक्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।

अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।

अहिलेसम्मा काेराेना भाइरसको संक्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : २९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते