आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित, भारतीय सीमा भएनन् बन्द | Khabarhub Khabarhub

आजदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित, भारतीय सीमा भएनन् बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले आजदेखि १० दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा गरेका थिए ।

सोही घोषणालाई कार्यान्वयन गर्न गठित मुख्य सचिवको नेतृत्वको कार्यान्वयन समितिले आजदेखि उक्त घोषणालाई कार्यान्वयन गरेको हो ।

सबै अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध तत्काललाई १८ चैतसम्म लागू हुनेछ । नेपालबाट दैनिक ४५ देखि ५० वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदै आएको थियो । उडान र अवतरण गर्दा गर्दा ९० हाराहारी हुँदै आएका थिए ।

प्राधिकरणको अलमले नीति

यसैबीच नागरिक उड्ययन प्राधिकरणले शनिबार साँझ विज्ञप्ती निकाल्दै प्यासेन्जर फ्लाइटसहितका उडान मार्च २२ पछि पनि निरन्तर हुने जनाएपछि अन्यौलता सृजना भएको छ ।

नागरिक उड्ययन प्राधिकरणले शनिबार साँझ निकालेको विज्ञप्ति

प्राधिकरणले सबै प्रकारका अन्तर्राष्ट्रिय उडानलाई अव अवतरण गर्न अनुमति नदिइने जनाए पनि  प्यासेन्जर फ्लाइट, फ्रेइटर फ्लाइट, रेस्क्यु, एयर एम्बुलेन्स, इमर्जेन्सी फ्लाइट’ भने नियमित रहने प्रष्ट्याएको हो ।

भएनन् भारतसँगका सीमानाका बन्द

भारतबाट नेपाल आउनेहरुको संख्या बढिरहँदा कोरोना भाइरसको जोखिम बढेको बताइए पनि सरकारले भारतसँगको सीमा नाका बन्द गर्न भने सकेको छैन ।

जबकी विभिन्न प्रदेशहरुले भारतसँगको सीमानाका बन्द गर्ने केन्द्रसरकारलाई आवश्यक निर्णय गरेर पठाइसकेका छन् ।

यसबारे शनिबार बसेको कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले निर्णय गर्ने अपेक्षा गरिए पनि त्यस्तो हुन सकेन ।

कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक

बैठकमा भारतले नमाने पनि सीमानाका एकपक्षीय ढंगले भए पनि बन्द गर्नेबारे छलफल भए पनि आवश्यक निर्णय भने हुन नसकेको हो ।

सरकारले शुरु गरेका कतिपय निर्देशनात्मक कुराहरुलाई कार्यान्वयनमा लैजाँदा त्यसको प्रभावकारिता हेर्नुपर्ने अवस्था आएको ठहर गर्दै समितिले उपचार गर्न आएका व्यक्तिलाई क्वारेन्टाइनमा पठाउने, आइसोलेशनमा राख्ने, बिरामीलाई जाँच गर्न अस्पताल पठाउँदा अनुशासन पालना नगर्ने विषयलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने निर्णय भने गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ०८ बजे

नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी, विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य

काठमाडौं– नेपाल पर्यटन बोर्ड र टिकटकले संयुक्त साझेदारीको घोषणा गरेका

माओवादीद्वारा सरकारको आलोचना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको